द भोइस किड्सकी प्रतिस्पर्धी अस्मिक खवासको ‘आँखाले’ सार्वजनिक

रंग नेपाल २०८० असार १८ मा प्रकाशित

काठमाडौं । मिरिक दार्जिलिङनिवासी गायिका अस्मिक खवास र अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामाको सुमधुर स्वरमा सजिएको ‘आँखाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा शिवराज गुरुङको शब्द, संगीत रहेको छ । गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । गीतको छायाँकन नेपालमा नवीन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन् ।

बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन् । शेखर लामा निर्माता रहेको गीतको भिडियोमा गायक लामा र गायिका खवास फिचर्ड छन् । यसअघि १२ वर्षको उमेरमा गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए भने गायिका खवासको यो डेब्यु गीत हो ।

उनी द भोइस किड्स सिजन २ मा सहभागी भएकी थिइन् । नयाँ म्युजिक भिडियो गायक लामाको युट्युब च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट