वेब सिरिज ‘रणा भो’ को शुभ मुहूर्त

रंग नेपाल २०८० असार १८ मा प्रकाशित

काठमाडौं । वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको शुभ मुहूर्त गरिएको छ । मुहूर्तसँगै सिरिजको छायाङ्कनसमेत सुरु भएको छ ।

मुभी प्वाइन्टको प्रस्तुति र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञानकुमार कट्टेलले निर्देशन गर्दै छन् । सिरिजको सम्पूर्ण छायाङ्कन काठमाडौंमा गरिने छ ।

सिरिजमा अभिनेता रमेश बुढाथोकी, मुकुन्द मैनाली, सपना श्रेष्ठ, सुमिन गुरुङ, प्रीतिका शर्मा, ज्ञानकुमार कट्टेल, रामजी राउत, उत्सव केसी, सुस्मिता मुडभरी, मनीषा कार्की, विवेक सिलवाललगायतको अभिनय रहने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट