सुपादेउराली म्युजिकद्वारा गायिका सुस्मिता स्याङ्तान सम्मानित

रंग नेपाल २०८० असार २३ मा प्रकाशित

काठमाडौं । सुपादेउराली म्युजिक कम्पनीले गायिका सुस्मिता स्याङ्तानलाई सम्मान गरेको छ ।

सुपादेउराली म्युजिक प्रालिको १३औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम २०८० मा उनलाई सम्मान गरिएको हो ।

‘धिम साङबारी’बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायिका स्याङ्तानले ३ दर्जन भन्दा बढी गीत गाइसकेकी छिन् ।

बिरिसु मिडियाका निर्देशक समेत रहेकी स्याङ्तानले रोयल फिल्मस प्रालिले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान, पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरिसकेकी छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट