गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा फरक अवतारमा देखिए दुर्गेश थापा

रंग नेपाल २०८० असार २३ मा प्रकाशित

काठमाडौं । गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छिन् । गीतमा गायिका पुनलाई गायक नवीन रानाले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा प्रह्लाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ ।

एचबीएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ । भिडिओमा दुर्गेशलाई दिवान्सी रोका मगरले साथ दिएकी छिन् । भिडिओले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतारचढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

भिडियोको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोटलगायतका डेढ दर्जन बढी गीतका भिडिओहरू बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडिओ पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट