आफ्नै विवाहमा बेहोस भएका थिए ऋषी कपुर र निता कपुर

रंग नेपाल २०८० असार २४ मा प्रकाशित

मुम्बइ । नीतु कपूर फिल्म उद्योगको शीर्ष अभिनेत्री मध्ये एक हुन् । उनले आफ्नो समयमा धेरै हिट फिल्ममा काम गरिसकेकी छन् । नीतु कपूरले आफ्नो करियर हिन्दी सिनेमामा बाल कलाकारको रूपमा सुरु गरेकी थिइन् । नीतु कपूर धेरै स्टारसँग पर्दामा देखा परेकी छिन् तर ऋषि कपूरसँग उनको जोडीलाई प्राथमिकता दिइयो ।

नीतु कपुरले एक अन्तर्वार्तामा यस कथाको बारेमा बताएकी थिइन् कि ऋषि कपुरका लागि उनलाई आफ्नी आमाले धेरै पिटेकी थिइन् । अभिनेत्रीले सुरुमा ऋषि कपुरसँगको आफ्नो अफेयर आमाबाट लुकाएकी थिइन् । किनभने त्यतिबेला उनकी आमालाई फिल्म इन्डस्ट्रीका मानिसहरू खासगरी पुरुषलाई मन पर्दैनथ्यो, जब उनकी आमालाई यो कुरा थाहा भयो तब उनले उनलाई कुटपिट गरिन् ।

त्यतिबेला नीतु कपूर मात्र १७ वर्षकी थिइन् । धेरै वर्षपछि नीतुकी आमाले उनको र ऋषिसंगको सम्बन्धलाई स्विकारेकी थिइन्, साथै उनले धेरै प्रतिबन्ध पनि लगाएकी थिइन् । उनलाई ऋषि कपुरसँग डेटमा जान दिइएन ।

ऋषि कपूर आफ्नी प्रेमिकालाई प्रेम पत्र लेख्ने क्रममा नीतु कपूरसँग प्रेममा परेका थिए । ऋषि कपूर र नीतु कपुरको विवाहसम्मको यात्रा त्यति सजिलो थिएन । नीतुकी आमा यो सम्बन्धको विरुद्धमा थिइन् । बिस्तारै बिहे गर्न राजी भइन् । त्यसपछि सन् १९७९ मा नीत र ऋषि कपुरको विवाह भयो ।

तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि नीतु कपुर र ऋषि कपुर आफ्नो विवाहमा बेहोस भए । विवाहमा नीतु कपूरको लेहेंगा निकै भारी थियो, जसका कारण उनी बेहोस भइन् । यसैबीच, विवाहमा ठूलो भीडका कारण ऋषि कपूर पनि नर्भस भएर बेहोस भए ।

धेरै पढिएका

पछिल्ला अपडेट