‘वान एक्स बेट’ को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबर रिहा

रंग नेपाल २०८० असार २८ मा प्रकाशित

काठमाडौं । अनलाइन सट्टेबाजी ‘वान एक्स बेट’ को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबर रिहा भएका छन् ।

उनीहरूलाई पाँच हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएसँगै उनीहरू रिहा भएका हुन् । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

बल्छी ध्रुवे र राजु मास्टरसहित जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पाँचहजार धरौटी बुझाएर रिहा भएका हुन् ।

सट्टेबाजीको मुख्य एजेन्ट दिनेश खड्का र उनकी श्रीमती अनिता धिताललाई भने १० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट