शिव सागरको ‘मलाई खोज्नु पर्ला’ सार्वजनिक

रंग नेपाल २०८० असार २८ मा प्रकाशित

काठमाडौं । गायक शिव सागर खड्काको स्वरमा ‘मलाई खोज्नु पर्ला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ । गीतमा रिकेश गुरुगंको एरेन्ज तथा मिक्सिङ रहेको छ ।

गीतको भिडियोमा रामचन्द्र अधिकारी, गायक खड्का र खुसी भट्टराईको अभिनय देख्न सकिन्छ ।

बालकलाकारको रूपमा प्रनिश पराजुलीको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन मुकेश हुमागाईँले गरेका हुन् भने सम्पादन तथा कलर मीन रावलको रहेको छ ।

भिडियोको निर्देशन संगीत सागर बुर्जाले गरेका छन् । यसअघि गायक खड्काका ट्राफिक जाम, निष्ठुरी भयौँ रे, यो नयाँ जोडी, धरहरा खै, लगायत दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट