पोशाकलाई लिएर नकारात्मक समाचारले यस्तो अवस्थामा पुगिन् ‘फूलमाया’

रंग नेपाल २०८० असार ३० मा प्रकाशित

काठमाडौं, ३० असार । गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले आफ्नो पोशाकबारेका समाचारले आफूलाई निकै कठिन अवस्थामा पुर्‍याएको बताएकी छिन् ।

आफूले लगाएको पोशाकबारे नकारात्मक प्रचार भएपछि निराश हुँदै कुसुमले दु:ख पोखेकी हुन् । उनले यस्ता समाचारले आफूमा मानसिक समस्या उत्पन्न भइसकेको बताएकी छिन् । उनले आफूसँग सहन सक्ने क्षमता नभएको बताएकी छिन् ।

‘कहिलेकाहीँ मलाई यस्तो महसुस हुन्छ कि म मर्न चाहन्छु । आत्महत्या होइन, खालि मर्न चाहन्छु । मलाई थाहा छैन किन यस्तो भावना आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु’, लेखेकी छिन् । ‘प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला । नवागन्तुक मसँग सहन सक्ने क्षमता छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट