विमान अपहरणको कथामा चलचित्र बन्ने

रंग नेपाल २०८० साउन १ मा प्रकाशित

काठमाडौं । विसं २०३० मा नेपालमा भएको विमान अपहरणका विषयमा आधारित रहेर चलचित्र ‘नाइन एनएबिबी’ निर्माण हुने भएको छ ।

चलचित्र निर्देशक विजय कार्कीले घोषणासँगै विषय मिल्दो पोस्टर सार्वजनिक गरेका छन् ।

‘लुकेका कथालाई बाहिर ल्याउनेछौँ । त्यो समयलाई पर्दामार्फत पूर्ण ताजा बनाउने छौँ’, निर्देशक कार्कीले भने, ‘यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग सम्पर्कमा रहेर कथा तयार पारिरहेको छु । यसमा विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाइनेछ ।’ उनले यसको कथा लेखनमै रहेता पनि निर्माण घोषणा गरिएको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट