शिव परियारको ‘धोका’ सार्वजनिक

रंग नेपाल २०८० साउन ३ मा प्रकाशित

काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको गीत ‘धोका’ सार्वजनिक भएको छ । साहित्यकार नारद पोखरेलको शब्द रचना रहेको गीतको संगीत संकेत अगस्तीले गरेका छन् भने एरेन्ज हृदम कँडेल र मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका हुन् ।

भिडियोमा नायक तथा मोडल आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतमा माया प्रेममा देखिएको विकृतिलाई उजागर गर्दै अनुशासनमा गरिने माया प्रेमले मात्र सार्थक परिणाम दिन सक्छ भन्ने सन्देश दिन खोजिएको साहित्यकार पोखरेलको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट