‘मिस्टर नेपाल’ मा २० प्रतिस्पर्धी

रंग नेपाल २०८० साउन ५ मा प्रकाशित

काठमाडौं । ‘मिस्टर नेपाल २०२३’का अन्तिम प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । प्रतियोगिताको फाइनल शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा टाइटलसहित विभिन्न विधाका गरी १२ विजेता चयन हुनेछन् भने विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्न पाउने बताइएको छ ।

देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फाइनलका लागि स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जनभन्दा बढी विधामा प्रशिक्षण दिइएको छ ।

फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे लगायतका निर्णायक छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट