समर्पण कार्कीले जिते ‘मिष्टर नेपाल २०२३’को उपाधि

रंग नेपाल २०८० साउन ७ मा प्रकाशित

काठमाडौंं । विराटनगरका ३२ वर्षीय समर्पण कार्कीले न्यूलूक ‘मिष्टर नेपाल २०२३’ को उपाधि जितेका छन् । पेसाले पाइलट कार्की १८ प्रतियोगीलाई पछि शीर्ष विजेता बनेका हुन् ।

युवाको प्रेरणाको श्रोत बन्ने उद्देश्यसहित प्रतियोगितामा सहभागी भएका कार्कीले मिष्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरेका छन् ।

प्रतियोगितामा शीर्ष विजेता कार्कीले नगद ५ लाख रुपैयाँ बराबरको उपहारको अलवा ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । प्रतियोगितामा काठमाडौंका निमेश कपाली फर्ष्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भएका छन् ।

अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगितामा मोष्ट पपुलर रमननाथ गिरी, मिष्टर एक्टिभ र बेष्ट फिजिक प्रेम कुमार यादव, बेष्ट स्किन मिकाज कार्की, बेष्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पारे ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता भएको आयोजक एक्सपोज नेपालको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट