अब ट्वीटरको लोगो ‘एक्स’, एक्स डटकम लगइन गर्दा पनि ट्वीटर खुल्ने

रंग नेपाल २०८० साउन ८ मा प्रकाशित

काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरको लोगो परिवर्तन भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका हुन् । मस्कले ट्वीटरको निलो चरा अंकित लोगोलाई परिवर्तन गर्दै ‘एक्स’ राखेका छन् ।

मस्कले आफूलाई ‘एक्स’ अक्षर मन परेर लोगो परिवर्तन गरेको उल्लेख गरेका छन् । यसअघि मस्कले गत चैतमा पनि निलो चरा अंकित लोगोलाई परिवर्तन गर्दै एक कुकुर (डगी)को कार्टुन राखेका थिए । तर ट्वीटर प्रयोगकर्ताहरुले चर्को विरोध गरेपछि उनले पुरानै निलो चरा अंकित लोगो राखेका थिए ।

यसपटक पनि ट्वीटरको लागो परिवर्तन भएसँगै प्रयोगकर्ताहरुले विरोध जनाएका छन् । मस्कले लोगो परिवर्तनसँगै एक्स डटकम लगइन गर्दा पनि ट्वीटर खुल्ने बनाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट