गत आ.वमा रिलिज भएको नेपाली चलचित्र, जसले एकजनाको खाजा खर्च पनि उठाएन !

रंग नेपाल २०८० साउन ९ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डले २०७९/८० मा रिलिज भएका नेपाली र विदेशी चलचित्र र हाल प्रदर्शनमा रहेका चलचित्रको हालसम्मको आम्दानी सार्वजनिक गरेको छ । जसमा केही चलचित्रले उच्च आम्दानी गर्न सफल भएका छन् भने केही चलचित्रले एकजनाले खाजा खाने रकमसमेत उठाउन सकेनन् ।

यस्तै, एकजनाको खाजा खर्च पनि उठाउन नसक्ने चलचित्रको सूचीको अग्रस्थानमा रहेको छ चलचित्र शिवानी । सायद यो चलचित्रको नाम पनि धेरै कमले सुनेका छन् ।

कहिले हलमा लाग्यो र उत्रियो भन्ने कसैलाई थाहा छैन । तर, २०७९ सालमा रिलिज भएको यो चलचित्रले ५२० रुपैयाँ मात्रै कमाएको छ । एक घन्टा ५६ मिनेटको यो चलचित्र ५ जनाले टिकट काटेर हेरेका थिए । यो चलचित्रको निर्देशन रोनित विसुङ्खे र उत्तम प्रसाद खड्काले गरेका हुन् । चलचित्रमा कलाकारहरु पनि अधिकांश नाम नसुनेका छन् । छुल्ठीम गुरुङ र निर्मल शर्मा मात्र चिनिएका कलाकार हुन् ।

अन्य कलाकारहरुमा उत्तम विष्ट, पूर्णिमा लामा, प्रसान्तकुमार यादव, उपेन्द्र खड्का, सोनु पौडेल, शिवानी खड्का, गोविन्द साह, विजय सिंह, कौशल किशोर साह आदि छन् । हलमा नचलेपछि युट्युबमा रिलिज गरिएको यो चलचित्रले युट्युबमा पनि भ्यूज पाउन सकेन । आठ महिनाअघि युट्युबमा अपलोड गरिएको यो चलचित्रले जम्मा ३२ हजार मात्रै भ्यूज पाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट