यी हुन् गत वर्ष सबैभन्दा धेरै कमाई गर्ने ५ नेपाली चलचित्र

रंग नेपाल २०८० साउन ९ मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा रिलिज भएका नेपाली र विदेशी चलचित्र र हाल प्रदर्शनमा रहेका चलचित्रको हालसम्मको आम्दानी सार्वजनिक गरेको छ ।

जसमा केही चलचित्रले उच्च आम्दानी गर्न सफल भएका छन् भने केही चलचित्रले एकजनाले खाजा खाने रकमसमेत उठाउन सकेनन् । यसमा हामी तपाईँलाई जानकारी गराउँछौँ गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा धेरै कमाई गर्ने पाँच चलचित्रको बारेमा ।

आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कमाई गर्ने अग्रस्थानमा रहेको छ चलचित्र ‘छक्कापञ्जा ४’ । ‘छक्कापञ्जा ४’ ले ६ लाख २९ हजार ७ सय ५० टिकट बिक्रीबाट कुल १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ ग्रस कलेक्सन गरेको छ ।

यस्तै, दोस्रोमा रहेको छ ‘जारी’ । ‘जारी’ले ६ लाख १९ हजार २ सय २१ टिकट बिक्रीबाट हालसम्म १७ करोड १७ लाख ९५ हजार ९८ रूपैँया बढी ग्रस कलेक्सन गरेको छ । यो चलचित्रले एकसय दिन पूरा गरेर अझै पनि केही हलहरूमा चलिरहेको छ ।

यस्तै तेस्रो स्थानमा छ ‘प्रेम गीत’ ३ । यो चलचित्रले सात करोड ७० लाख ३५ हजार ५ सय ५८ रूपैँया बढी कमाई गरेको छ । यही चलचित्र हिन्दी डब भने सर्वाधिक कमाई गर्ने चलचित्रको नवौँ नम्बरमा परेको छ ।

यस्तै चौथो स्थानमा रहेको चलचित्र हो ‘महापुरूष’ । यो चलचित्रले सात करोड ३८ लाख ९१ हजार ९ सय २० रूपैयाँ बढी कमाइ गरेको छ ।

यस्तै, पाचौँ स्थानमा रहेको चलचित्र हो नेपाली चलचित्र दुई नम्बरी । यो चलचित्रले तीन करोड ८४ लाख ७५ हजार ७ सय ७० रूपैयाँ बढी कमाई गर्न सफल भएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट