‘ऐंचो पैंचो’को गीत सार्वजनिक

रंग नेपाल २०८० साउन १२ मा प्रकाशित

काठमाडौं । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को पहिलो गीत रिलिज गरिएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘काले केटाले’मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको संगीत तथा एरेञ्ज रहेको गीतमा संगीतकार अविरल र अस्मिता अधिकारीकको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमाको सार्वजनिक गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।

कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । सिनेमाको गीत रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई सिनेमालाई सफलताको शुभकामना दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट