‘निम्स दाई’ को विश्व रेकर्ड तोडियो, रेकर्ड अब तेन्जिङ र क्रिस्टिनको नाममा

रंग नेपाल २०८० साउन १२ मा प्रकाशित

काठमाडौं । पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाई’ को विश्व रेकर्ड तोडिएको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला १४ हिमाल ९२ दिनमै आरोहण गर्दै नेपाली पर्वातारोही तेन्जिङ शेर्पा लामा र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले पुर्जाको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन् ।

बिहीबार बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेका हुन् । यसअघि यो रेकर्ड निर्मल पुर्जा मगरको नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर उक्त रेकर्ड कायम गरेका थिए ।

निर्मलले २०७६ कात्तिक ११ गते सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमाल आरोहण गरेसँगै ६ महिना ६ दिनमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका थिए । पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए । योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट