‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित

रंग नेपाल २०८० साउन १६ मा प्रकाशित

काठमाडाैं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट