सवारीको ब्राण्ड एम्बेस्डर बने कक्रोज

रंग नेपाल २०८० साउन १६ मा प्रकाशित

काठमाडौं । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन् । सोमबार काठमाण्डौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

हाल काठमाण्डौं, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाएको भए पनि सवारी एपले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसाबले सञ्चालनमा ल्याएका हुन् । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइन सेवा लिन सकिने बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट