अक्षय कुमारको ‘ओ माइ गड २’ को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० साउन १८ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘ओ माइ गड २’ को ट्रेलर सार्वजनिक भएको छ । भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ ।

यसअघि फिल्ममा अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिने बताइएको थियो । भारतीय फिल्म सेन्सर बोर्डले उक्त कुरामा आपत्ति जनाएपछि उनलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको हो । साथै फिल्ममा केही संवाद र दृश्य पनि परिमार्जन गरिएको छ। अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ।

यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ । यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ । सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट