सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै

रंग नेपाल २०८० साउन १९ मा प्रकाशित

काठमाडौं । सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । सिजन मिडियाले आफ्नो १५औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरूलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो ।

यसअघि पनि सिजन मिडियाले लामो समयदेखि व्यवसायीक, शैक्षिक, सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ ।

सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखेर विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको मिडियाले जानकारी दिएको छ । यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच , व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुबइमा सम्पन्न भएको थियो ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक साँस्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्ष भन्दा बढि समय निरन्तर काम गरी सफलता प्राप्त गरेका र हाल विभिन्न काममा क्रियाशील रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट