रामकृष्ण ढकालको ‘दिन ढल्यो’ सार्वजनिक

रंग नेपाल २०८० साउन २१ मा प्रकाशित

काठमाडौं । समिप ईन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘दिन ढल्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शब्द हिमाँशु रायमाझी गोधुलीको रहेको छ भने संगीत वरिष्ठ संगीतकार राम सिटौलाले भरेका छन् । संगीत संयोजन विश्व अधिकारीको रहेको छ ।

दिलिप समनद्वारा निर्देशित भिडियोमा प्रज्वल जङ्ग कार्की, अनिमा विश्वकर्मा, रितेश ढकालको अभिनय देख्न सकिन्छ । उक्त गीतलाई मिलन शंकरले खिचेका हुन् भने भिडियो सम्पादन तथा कलरिंग फराज अर्पणको रहेको छ ।

गीतमा युगल जोडिबीच हुने प्रेम र बिछोडको कथा देखाईएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट