‘दोहोरी आइकन्स’को डिजिटल अडिसन सम्पन्न

रंग नेपाल २०८० साउन २९ मा प्रकाशित

काठमाडौं । केही साताअघि पत्रकार सम्मेलन गरी घोषणा गरिएको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स्’ को डिजिटल अडिसन सम्पन्न भएको छ ।

डिजिटल अडिसनबाट छनोट भएका प्रतिस्पर्धीको यही साउन ३० गते मंगलबार फिजिकल अडिसन गरिने भएको छ । फिजिकल अडिसन एजे इन्टरटेनमेन्टस्को स्टुडियो पहेँलो पुल काठमाडौंमा हुने अध्यक्ष अजय पोखरेलले जानकारी दिएका छन् ।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘दोहोरी आइकन्स’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने छ । केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ । कार्यक्रमको पोस्ट र डिजिटल प्रोमोसनको जिम्मा सूत्र मिडियाले लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट