अक्षय कुमारले पाए भारतीय नागरिकता

रंग नेपाल २०८० साउन ३० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय नागरिकता प्रमाणपत्रको तस्वीर शेयर गर्दै यो जानकारी दिएका हुन् ।

अक्षय कुमारले नागरिकता प्रमाणपत्रको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘हृदय र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रा दिवसको शुभकामना । जय हिन्द ।’

अक्षय कुमार अहिलेसम्म क्यानडाको नागरिक थिए । अक्षय कुमारको नागरिकतालाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट