भारतीय गायक अरिजीत सिंह नेपाल आउने

रंग नेपाल २०८० साउन ३० मा प्रकाशित

काठमाडौं । भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् ।

गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने ‘अरिजीत सिंह लाइभ इन नेपाल’का लागि उनी मंसिर ९ मा नेपाल आउने भएका हुन् । सिंहको ‘तुम हि हो, केसरिया तेरा, झुमे जो पठान, खैरियत, अपना बना ले’लगायत उनका थुप्रै गीत चर्चित छन् ।

कन्सर्टको साधारण टिकट मूल्य ४ हजारबाट सुरू हुने र थप सुविधासहित अरू टिकट दरहरू समेत उपलब्ध हुने आयोजकले जनाएको छ ।

साउन ३० गतेदेखि बिक्री खुला हुने टिकट खल्ति डिजिटल वालेटबाट मात्रै खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट