पुष्पको ‘निष्ठुरी’ मा साक्षी र रमेश

रंग नेपाल २०८० साउन ३१ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत पनि स्वयम गायक पुष्प गजमेरकै रहेको छ । जसमा चान्द सिंहको एरेन्ज रहेको छ ।

गीतमा प्रकाश मिश्रको मिक्सिगं तथा मास्टरिङ रहेको छ । भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी लम्साल पछिल्लो समय रुचाइएकी मोडल हुन् । उनले दर्जनौ म्युजिक भिडियोमा सफल अभिनय गरेकी छन् । निष्ठुरीमा पनि उनको अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् ।

भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियो हिमालयन म्युजिक एकेडेमिबाट बजारमा आएको हो । प्रवासमा रहेर गायक गजमेरले नेपाली गीत संगीतमा उल्लेख्य समय दिएर सांगीतिक कर्मलाई निरन्तरता  दिइरहेका छन् । उनका दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट