‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई

रंग नेपाल २०८० भदौ ६ मा प्रकाशित

काठमाडौं । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन् । १७ युवतीबीच भएको १७ औँ संस्करणको मिस नेवाः नेपाल अन्तर्गत, फस्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितिन् ।

नेप्लिज फेसन होमको आयोजनामा नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को कार्यक्रम भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट