अभिनेत्री नम्रताले सारूक र सानुलाई एकैपटक दिइन् श्रद्वाञ्जली

रंग नेपाल २०८० भदौ १० मा प्रकाशित

काठमाडौं । अभिनेता सारूक ताम्राकारले देहत्याग गरेपछि गुमनाम रहेकी अभेनेत्री नम्रता श्रेष्ठले सारूक बितेको झण्डै दुई महिना पुग्नै लाग्दा श्रद्वाञ्जली दिएकी छिन् ।

सामाजिक सञ्जालमार्फत नम्रताले सारूक र उनका बुबा अभिनेता सानु ताम्राकारप्रति एकैपटक श्रद्वाञ्जली अर्पण गरेकी हुन् । फेसबुकमा बुबा छोरा सानु र सारूको तस्वीर राख्दै उनले श्रद्वाञ्जली दिएकी हुन् । छोरा सारूक बितेको दुई महिना पनि नबित्दै सानुको पनि शनिबार निधन भएको थियो ।

छोरा सारूक बितेपछि उनी बिरामी भएका थिए ।

यता सारुकको निधनपछि नम्रता विवादमा तानिएकी थिइन् । उनी सारुकसँग प्रेम सम्बन्धमा रहेको तथा सारुकको निधनअघि उनीहरुको झगडा परेको तथ्य सार्वजनिक भएको थियो ।

सारुकको निधनपछि नम्रताले सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेकी थिइनन् । न त सारूकलाई श्रद्वाञ्जलीसम्म नै दिएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट