काठमाडौंमा सडकमा साइकल चलाउने वातावरण छैनः हरिवंश आचार्य

रंग नेपाल २०८० भदौ १७ मा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन् । उनले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए ।

आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले मानव स्वास्थ्यका लागि पनि साइकल यात्रा उपयुक्त हुने बताए । साइकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताए ।

उनले सडकका नयाँ संरचनाहरु बनिरहेपछि साइकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ । उनले आफूसँग साइकल चलाउने सीप भए पनि साइकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट