चलचित्र दुई कदमबाट डेब्यू गर्दै इओन लिम्बु

रंग नेपाल २०८० भदौ २३ मा प्रकाशित

काठमाडौं । चलचित्र दुई कदमबाट नेपाली सिने जगतले चकलेटी फेस भएको नयाँ हिरो पाएको छ । चलचित्र दुई कदमबाट इओन लिम्बुले नायकको रुपमा डेब्यू गर्दैछन् । लभस्टोरी जनराको चलचित्र दुई कदममा उनी पहिलो पटक नायकको रुपमा देखिँदैछन् ।

करिब पाँच वर्षको मेहनत, अध्ययन र तयारीपछि हरेक दृष्टीकोणबाट चलचित्रका लागि आफू तयार भएको लिम्बु बताउँछन् । उनले ओस्कार इन्टरनेशनल कलेज, कलेज अफ फिल्म स्टडिजबाट हाल चौथो वर्षमा अभिनयको कक्षा लिइरहेका छन् भने उनले नृत्य, फाइट तथा भोकलको समेत कक्षा लिएर आफूलाई तयार गरी आएका हुन् । यसअघि उनले शिल्पि थिएटरबाट पनि अभिनय कक्षा लिइसकेका छन् ।

अग्लो कद, हेर्दा आकर्षक देखिने र अभिनय र डाइलग डेलिभरीमा दम भएका कारण चलचित्र दुई कदममा मुख्य रोलको अफर गरेको निर्देशक उदय सुब्बाले जानकारी दिए । चलचित्र निर्देशक सुब्बा भन्छन्: म चकलेटी फेस भएको टिनएजर्स हिरो खोजिरहेको थिए, त्यही समयमा भने जस्तो क्यारेक्टर भेटेपछि इओनलाई चलचित्रमा डेब्यू गराएको हुँ ।

चलचित्रको कथावस्तु अनुसार इओनको क्यारेक्टर म्याच भएको सुब्बाको भनाइ छ । चलचित्र दुई कदम आगामी मंसिर २९ मा रिलिज हुने भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट