शाहरूखको फिल्म ‘जवान’ले तीन दिनमा ३५० करोड कमायो

रंग नेपाल २०८० भदौ २४ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ‘जवान’ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ ।

६५ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४६ करोड २३ लाख र तेस्रो ६८ करोड ७२ लाख भारू कमाएको छ । योसँगै फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ । जवानले शाहरूख खानकै फिल्म पठान लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो । पठानको हिन्दी संस्करणले तीन दिनमा १६१ करोड भारू कमाएको थियो ।

फिल्म जवान गत बिहीबारदेखि प्रदर्शनमा आएको थियो । एटली कुमारले निर्देशन गरेको फिल्म जवानमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।

धेरै पढिएका

पछिल्ला अपडेट