नेपाल टेलिकमको टिकटक च्यालेञ्जमा सहभागी भएर जित्नुहोस् ४० हजार रूपैयाँ

रंग नेपाल २०८० भदौ २६ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज आइतबारदेखि प्रारम्भ भएको कम्पनीले जनाएको छ । आगामी असोज ७ गतेसम्म च्यालेञ्जमा सहभागी हुन सकिने छ ।

विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

त्यसैगरी सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गरिने छ ।

नेपाली महिलाहरूको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाट तीज पर्व थप मनोरञ्जनात्मक बन्ने अपेक्षा कम्पनीले लिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट