मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरियो

रंग नेपाल २०८० भदौ २७ मा प्रकाशित

काठमाडौं । हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानमा उनको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालकी कार्यकारी निर्देशक डा. रीता गुरुङका अनुसार श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।

डा. गुरुङले तीन महिनाअघि श्रेष्ठको दाहिने आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको जानकारी दिइन् ।

श्रेष्ठको शल्यक्रिया गर्दा आँखामा प्रतिष्ठानमै उत्पादित ‘इन्ट्राकुलर लेन्स’ (मोतीबिन्दुको शल्यक्रियापश्चात् राखिने लेन्स) राखिएको उनले बताइन् । डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. गोविन्द पौड्यालसहितको समूहले कलाकार श्रेष्ठको शल्यक्रिया गरेको जनाइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट