बबलले जित्यो एक लाख पुरस्कार

रंग नेपाल २०८० असोज ७ मा प्रकाशित

काठमाडौं । चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न गरेको छ ।

बीस वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सजिल बस्नेतले तयार गरेको ‘बबल’ पहिलो, क्षितिज जैसवालले निर्देशन गरेको ‘वैराग्य’ले दोस्रो र देव तामाङले निर्देशन गरेको ‘खोक्रो’ तेस्रो घोषित भएका छन् ।

उनीहरूले क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गरेको निर्णायकमध्येका एक मनोजबाबु पन्तले जानकारी दिए ।

निर्देशक नीरञ्जनराज भेटवाल र छायाँकार उज्जल बस्ताकोटीसहितको निर्णायक मण्डलले प्राप्त पच्चीस छोटा चलचित्रमध्ये छानिएका सातमध्ये विषयवस्तुको छनोट, कथाभन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषाजस्ता पक्षलाई आधार बनाएर विजेता छनोट गरिएको निर्णायक पन्तले बताए ।

यस्तै निराकारभक्त राईले तयार गरेको ‘द पोयट’ लाई निर्णायकले विशेष पुरस्कार ९स्पेसल मेन्सन अवार्ड० प्रदान गरेका थिए । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि प्रतिस्पर्धा आयोजना गरिएको जानकारी दिए ।

उनले भने, ‘चलचित्र सिर्जनात्मक विधा भएको र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले लक्षित प्रतिस्पर्धा गरिरहनेछौँ ।’ विजेतालाई एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार प्रदान गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट