विदेशी कलाकारको फोटो राखेर विज्ञापन नगर्न आग्रह

रंग नेपाल २०८० असोज ८ मा प्रकाशित

काठमाडौं । विज्ञापन बोर्डले विदेशी कलाकारको फोटो राखेर विज्ञापन नगर्न आग्रह गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै होर्डिङ बोर्ड, सवारीसाधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको फोटो राखेर विज्ञापन नगर्न आग्रह गरेको हो ।

बोर्डले स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न/गराउन विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट