क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा

रंग नेपाल २०८० असोज १८ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ । नेपाल प्रहरीका जवानसमेत रहेका ऐरीको बढुवा भएर सहायक हवल्दार बनेका हुन् ।

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले बिहीबार एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो ।

चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका छन् । दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध छन् । उनी नेपाल पुलिस क्लबका कप्तान समेत हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट