रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक

रंग नेपाल २०८० असोज १९ मा प्रकाशित

काठमाडौं । गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी’ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ । रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।

यस गीतको निर्माता कुशल गुरुङ हुन् । कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट