इजरायल आक्रमणमा १० नेपाली मारिए

रंग नेपाल २०८० असोज २१ मा प्रकाशित

काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमाथि गरेको रकेट आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेशकुमार नेपाली, कैलालीका आशीष चौधरी, दार्चुलाका दिपेशराज बिष्ट, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार, डोटीका राजन फुलारा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी छन् ।

घटनामा परी घाइते भएका सल्यानका विधान सेजुवाल, दाङका प्रवीण डाँगी, कैलालीका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेलको त्यहाँस्थित विभिन्न अस्पतालमा उपचाररत छन् भने कञ्चनपुरका बिपिन जोशी सम्पर्कविहीन छन् ।

यस्तै, सल्यानका प्रमोद केसी र कैलालीका वीरेन्द्र चौधरी सुरक्षित रहेको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ । घटनामा अरु धेरै नेपालीहरू फसेको हुनसक्ने बताइएको छ । अहिले त्यहाँ उद्धारको काम तीव्र पार्नुपर्ने भए पनि परराष्ट्र मन्त्रालयले त्यहाँस्थित नेपाली दूतावासलाई अनुमति दिएको छैन । मन्त्रालयले अनुमति नदिदा समस्यामा परेका थुप्रै नेपालीहरूको उद्धार हुन सकिरहेको छैन

धेरै पढिएका

पछिल्ला अपडेट