‘महाजात्रा’ मा जोडिए तीन कलाकार

रंग नेपाल २०८० कार्तिक ३ मा प्रकाशित

काठमाडौं । ‘जात्रा’ र ‘जात्रैजात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला चलचित्र ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् ।

नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समयअगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्गदेलसमेत जोडिएका छन् ।

उनीहरूले आफ्नो लुक्स टेस्ट गरिसकेका छन् भने छायाङ्कनका लागि आफ्नो पात्रबारे पूर्ण रूपमा तयार भइसकेका छन् । कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दै छन् ।

चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहने छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने छ ।

धेरै पढिएका

पछिल्ला अपडेट