तिहार गीत ‘झिलीमिली’ सार्वजनिक

रंग नेपाल २०८० कार्तिक १५ मा प्रकाशित

काठमाडौं  । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायक आशिष रायमाझी, गायिकाद्वय पवित्रा गुरुङ र गायिका नितु पुनको स्वरमा रहेको ‘झिलीमिली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वयम गायक रायमाझीको शब्द, संगीत र संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन , प्रजिना गुरुङ र टीमको अभिनय रहेको छ ।

सनम तामाङले छायाँकन गरेको यस गीतको भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’ लगायत गीत तथा म्युजिक भिडिओ सार्वजनिक गरिसकेका छन् ।

‘द भ्वाइस अफ नेपाल’ का यसअघिका सिजनमा पवित्रा र नितुलेसमेत सहभागिता जनाएका थिए । झिलीमिली बोलको म्युजिक भिडियो गायक रायमाझीको युट्युव च्यानल आशिष रायमाझी’ मार्फत सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट