फिल्म ‘बलिदान’मा सौगात मल्ल अनुबन्धित

रंग नेपाल २०८० मंसिर ५ मा प्रकाशित

काठमाडौं । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । यसअघि फिल्ममा अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् ।

पुसको पहिलो सातादेखि छायांकन सुरु हुने फिल्म तराई–मधेशमा हुने राजनीतिक र सामाजिक ड्रामामा आधारित हुनेछ ।

‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माणमा पवन विष्टसँग सहकार्य गर्दैछन् । पुरूषोत्तम प्रधानले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट