‘सतीदेवी’को फर्स्टलुक सार्वजनिक

रंग नेपाल २०८० मंसिर ८ मा प्रकाशित

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको उक्त चलचित्रको फर्स्टलुक पोस्टर अभिनेत्री मलिका महतलाई प्रस्तुत गरिएको छ ।

रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत अभिनेत्री मलिकाको गलामाम जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेको पोस्टरमा देखिन्छ ।

उक्त चलचित्रमा मलिकासहित हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।

दिलासा र साराको प्रस्तुतिमा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियशनले निर्माण गरेको चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका छन् भने तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पाश्र्व संगीत रहेको छ। उक्त चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।

धेरै पढिएका

पछिल्ला अपडेट