प्रभास स्टारर ‘सालार : पार्ट वन सिसफायर’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० मंसिर १७ मा प्रकाशित

काठमाडौं । फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म पुस ६ गतेबाट सिनेमा घरमा रिलिज हुँदैछ । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकारहरु देख्न सकिन्छ ।

तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज हुने तयारीमा रहेको यो फिल्म सोही मितिमा शाहरुख खानको फिल्म ‘डंकी’सँग भिड्दैछ ।

धेरै पढिएका

पछिल्ला अपडेट