सिनेमाघर एपमा ‘पानीफोटो’

रंग नेपाल २०८० मंसिर १७ मा प्रकाशित

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ ।

गत वर्ष प्रदर्शन भएको चलचित्रमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

डेढ दशक अगाडि गुरुकुलमा ‘पानीफोटो’ नामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् ।

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र, के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।

धेरै पढिएका

पछिल्ला अपडेट