कबड्डीपछि ‘रिमै’मा दयाहाङ र रिस्माको जोडी

रंग नेपाल २०८० मंसिर २० मा प्रकाशित

काठमाडौं । अभिनेता दयाहाङ राईले २०८० सालमा कम्तिमा एक दर्जन फिल्म खेल्ने भएका छन् । यो ८ महिनामा ७ वटा फिल्ममा अभिनय गरिसकेका दयाहाङले चैतसम्म करिब पाँच वटा फिल्म खेल्ने अनुमान गरिएको छ ।

यसै क्रममा उनी फेरी नयाँ चलचित्र ‘रिमै’मा अनुबन्धित भएका छन् । चलचित्र ’कबड्डी’ सृँखलाको पहिलो र दोश्रो भागकी अभिनेत्री रिस्मा गुरुङ्गसँग अभिनेता दयाहाङ्ग राई पुन यो चलचित्रमा जोडिएका छन् ।

यो चलचित्रमा दयाहाङ, रिस्मासँगै विरबल घले मुख्य भूमिकामा अनुबन्धित भएका छन् । अभिनेत्री रिस्मा विवाहपछि यो फिल्मबाट पुन अभिनयमा फर्किन लागेकी हुन् ।

सिनेमालाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन् । उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्।

गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने यो चलचित्र तीन महिनापछिबाट छायाँकनमा जाने छ । सिनेमाको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् ।

धेरै पढिएका

पछिल्ला अपडेट