‘दान्भी’ मा पूजाको फरक शैली

रंग नेपाल २०८० मंसिर २१ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘दान्भी’ को पोस्टर सार्वजनिक गरिएको छ ।

प्रदर्शन मिति तय नहुँदै सार्वजनिक भएको पोस्टरमा अभिनेत्री पूजा शर्माले मेसिनगनबाट फायर गर्दै गरेको तस्बिरमा देखिएको छ ।

पूजाले एक्सन भूमिका गरेको चलचित्र रूपेश तामाङको निर्देशनमा बन्न लागेको हो । चलचित्रमा पवन रानामगर कार्यकारी निर्माता कमला लिम्बू, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सहनिर्माता छन् ।

सन्जोग रानाको संवाद, हरि लामा ‘घले’ को छायाङ्कन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदारराज नेपालीको सङ्गीत, कविराज, गहतराज र राहुल बराइलीको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट