‘पूजार सार्की’मा अञ्जना र परीक्षाको प्रवेश

रंग नेपाल २०८० पुष ३ मा प्रकाशित

काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेत्रीको प्रवेश भएको छ । अञ्जना बराइली र परीक्षा लिम्बू चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।

दुई हप्ताअघि निर्माण समूहले अभिनेत्रीका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको जनाइएको छ ।

चलचित्रमा यसअघि नै अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । आगामी माघको पहिलो साताबाट पश्चिम नेपालमा छायाङ्कन गर्न लागिएको चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ ।

किङ्गडम नेटवर्कको प्रस्तुति रहने चलचित्रको वितरणको जिम्मा आरआर फिल्मस ९रोहित–रत्न० ले लिएको छ । पहिलो पटक आर्यन, प्रदीप र पलले एकसाथ फिल्ममा काम गर्न लागेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट