‘नेपाल–भारतको लोकसाहित्य र इतिहास साझा छ’

रंग नेपाल २०८० पुष ७ मा प्रकाशित

पिथौरागढ । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले नेपाल–भारतको लोकसाहित्य र इतिहास साझा रहेको बताएका छन् ।

भारतको पीथौरागढमा आज आयोजित भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा उनले दुवै देशको लोकसाहित्य र इतिहास साझा रहेको बताए  । “हाम्रा गाथा, सगुन, मेला तथा देवता समान छन्”,  रावलले भने, “दुवै देशका लेखकले साझा मञ्च बनाइ इतिहास र साहित्यको क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता छ ।”, उनले नेपाल र भारत वर्तमान राजनीतिक सीमाका आधारमा दुई देश स्वतन्त्र भएको यद्यपी दुवै देशको इतिहास एकअर्का विना अधुरो रहेको बताए ।

शनिबारदेखि सुरु भएको काव्योत्सबमा नेपाली साहित्यकारका तीन कृति विमोचन गरिएको छ । उनले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह एकलव्यको देशमा, कवि गणेश नेपालीको गजल सङ्ग्रह एकलव्य र गीतकार कृष्ण सिंह पेलाको मुक्तक सङ्ग्रह फूलको प्रहार विमोचन गरे ।

सोही कार्यक्रममा महेन्द्रनगरबाट प्रकाशित हुने स्थानीय भाषाको साहित्यिक पत्रिका गुगुल्गडीको लोकार्पण गरिएको थियो । नेपाल भारतका साहित्यकारले कविता, गजललगायत विभिन्न रचना प्रस्तुत गरिएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट