‘हाम्रो जे भने नि तिमी’मा राजेश हमाल

रंग नेपाल २०८० पुष १२ मा प्रकाशित

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहेको ‘हाम्रो जे भने नि तिमी’ बोलको गीतको भिडियो  सार्वजनिक भएको छ । डा.  रमिल अधिकारीको शब्द, ज्ञानेन्द्र गिरीको संगीत रहेको गीतमा गायक सुप्रिम मल्ल ठकुरी र गायिका ज्यास्परको स्वर छ ।

विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोले आफ्ना सन्तानलाई सबथोक ठान्ने बाबुको धेरै भन्दा धेरै मायालाई दर्शाएको छ ।  एउटा परिवारमा बाबुको माया नै माया पाएर हुर्किएका दुई नाबालको प्रेम र रमाइलोलाई देखाइएको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा अभिनेता हमालको अलावा गायक गायिका सुप्रिम मल्ल ठकुरी र ज्यास्परको अभिनय छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा लामो समय काम गरेका गीतकार अधिकारी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा काम गरिसकेका विज्ञ हुन् । उनले यसअघि  जिउने चाहना बोलको गजल बजारमा ल्याएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट