वेंकेटेशको फिल्म ‘सैंधव’को ट्रेलर सार्वजनिक

रंग नेपाल २०८० पुष १९ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता वेंकटेश दग्गुबतीको आगामी फिल्म ‘सैंधव’को ट्रेलर सार्वजनिक भएको छ ।

सारेगम म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा बाबुछोरीको सम्बन्धलाई देखाइएको छ । फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकी भिलेनको भूमिकामा देखिएका छन् ।

शैलेश कोलानूले निर्देशन गरेको फिल्ममा वेंकटेश र नवाजुद्दीनसँगै बेबी सारा, आर्य, श्रद्धा श्रीनाथ, रूहानी शर्मा, एंड्रिया जेरेमिया, जिशु सेन गुप्ता, मुकेश ऋषिलगायत कलाकारको अभिनय छ । फिल्ममा वेंकटेशको भरपूर एक्सन दृश्य रहेको छ । यो फिल्म १३ जनावरीदेखि प्रदर्शन हुनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट